नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

बबई सिंचाइ आयोजना, वैदी, बर्दिया

Notices

  • 14
    Aug 2019

    राष्ट्रिय गौरबका तथा प्राथमिकता प्राप्त आयोजनाहरुको विवरण

    संक्षिप्त रुपरेखा (Salient Features)

    विस्तृत अध्ययन प्रतिवेदन (DPR) र गुरुयोजनाको विवरण

    आ.व.०७५/७६ सम्मको प्रगतिको स्थिति

    आ.ब. ०७६/७७ को विवरण

    विस्तृत विवरणको लागि फाइल डाउनलाेड गर्नुहाेला ।

    Others
  • 12
    Jun 2019

    सार्वजनिक सूचना

    बबई सिंचाइ आयोजनाको पूर्वी तथा पश्चिमी नहर र यसका शाखा/प्रशाखा नहरहरु नहर संरचना तथा नहरको स्वामित्व भित्र रहेको क्षेत्रहरु बाट अनधिकृत रुपमा माटो झिक्ने, नहरको डिल मा मास, रहर लगाउने, गाई भैँसी चराउने, नहरमा पौडी खेल्ने, भैँसी आहाल बसाल्ने, माछा मार्ने, नहर संचालनका लागि राखिएका गेटहरु अनाधिकृत रुपमा खोल्ने बन्द गर्ने,पानी नियन्त्रण संरचना तोडफोड गर्ने, नहरको डिल काट्ने/मास्ने जस्ता अवाञ्छित काम कार्यवाही भएको भन्ने गुनासो विभिन्न श्रोतबाट जानकारी हुन आएकाले त्यस्ता अवाञ्छित गतिविधि नगर्न/नगराउन यो सार्वजनिक सूचना जारी गरिएको छ । सिंचाइ प्रणाली भित्रका त्यस्ता सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सवैको हो । तर्सथ अवाञ्छित गतिविधि गरी नहर तथा संरचनामा असर पर्ने कार्य गरे/गराएको पाइएमा प्रचलित कानुन अनुसार कारवाही हुने व्यहोरा जानकारी गराइन्छ । साथै त्यस्ता गतिविधिका कारण कुनै र्सार्वजनिक सम्पत्ति तथा जनधनको क्षति भएमा त्यसको जिम्मेवारी बबई सिंचाइ आयोजनाले नलिने व्यहोरा समेत जानकारी गराइन्छ ।

    Others