नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

बबई सिंचाइ आयोजना, वैदी, बर्दिया

स्थानीय तथा उपभोक्ताहरुको पहलमा बबई सिंचाई आयोजनाको मुल नहर सरसफाई (फोटो)

  • Jun 25, 2019
स्थानीय तथा उपभोक्ताहरुको पहलमा बबई सिंचाई आयोजनाको मुल नहर सरसफाई (फोटो)

बर्दिया । बर्दिया जिल्लामा रहेको राष्ट्रिय गौरवको आयोजना बबई सिंचाई आयोजनाका मुल नहरलाई स्थानीय बासिन्दा र उपभोक्ताहरूले सरसफाई गरेका छन् । प्रत्येक बर्ष जेठ महिनामा गरिने मुल नहरको सरसफाई अनुसार यो बर्ष पनि उपभोक्ताहरूले आयोजनाको सरसफाई गरेको बबई सिंचाई आयोजनाका आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्टले बताउनुभयो ।

उहाले बर्षातको समयमा नहरमा लेदो पानी आउने र त्यो लेदोका कारण नहर भरिने सम्भावना भयकाले प्रत्येक बर्ष पूर्वी नहर र पश्चिमि नहरका उपभोक्ताहरू स्वयंले नहर सफाई गर्ने गरेको समेत बताउनुभयो । नहर स्थानीयको सम्पति भएकाले अपनत्व होस् भन्ने उदेश्यका साथ उपभोक्ताहरुनै उपस्थित भई नहर सफाई गर्ने गरेको पूर्वी नहरका अध्यक्ष बलिराम थारूले बताउनुभयो ।

बबई सिंचाई आयोजनाको मुल नहर सरसफाई गर्न आज ९शनिबार० करीब ३५ सय भन्दा बढी उपभोक्ताहरुले नहरमा प्रवेश गरेर सरसफाई गरेका हुन् ।