नेपाल सरकार

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत तथा सिंचाइ विभाग

बबई सिंचाइ आयोजना, वैदी, बर्दिया

नागरिक वडापत्र

सि.न. सेवा विवरण प्रवाह गरिने सेवा
1 सेवाको उद्देश्य बबई नदीको पानीवाट बर्दिया जिल्लाको ३६,००० हे. जमिनमा सिंचाइ सुविधा पु¥याउने (पूर्व तर्फ: २१,००० हे. र पश्चिम तर्फ: १५,००० हे.) ।
2 सेवा दिने स्थान / क्षेत्र बबई नदी पूर्व तर्फ: बारबर्दिया, बाँसगढी, गुलरिया न.पा. (साविक मोहम्मदपुर गा.वि.स.) र बढैयाताल गाउँपालिका क्षेत्र । बबई नदी पश्चिम तर्फ: ठाकुरबाबा न.पा. (साविक बबई न.पा. र शिवपुर गा.वि.स.), मधुवन न.पा. (साविक सानोश्रीताराताल न.पा., ढोढरी, सुर्यपटुवा गा.वि.स.) र गुलरिया क्षेत्र।
3 सेवाको प्रकार नहर संचालन, नहर निर्माण, संरचना निर्माण, सर्भेक्षण आदि ।
4 कार्य प्रकृया सर्भेक्षण, सामाजिक मूल्यांकन, डिजाइन, लागत अनुमान तयार तथा वजेट व्यवस्थापन गरि कार्यक्रम गरिने ।
5 सेवाग्राही समूह कमाण्ड क्षेत्रका सम्पूर्ण कृषकहरु ।
6 सेवा उपलब्ध हुने प्रकृया निवेदन छनौट, विस्तृत अध्ययन, सर्भेक्षण, डिजाईन निर्माण ।
7 सेवाको गुणस्तर स्वीकृत प्राविधिक नर्मस, स्पेसिफिकेशन, डिजाइन र ड्रईङ अनुसारको ।
8 गुणस्तर मापन विधि आयोजनामा रहेको प्रयोग शाला (LAB) बाट परीक्षण गरिने ।
9 कार्यक्रमको जानकारी प्रकाशन, गोष्ठी, सेमिनार, जनसम्पर्क, सूचना पाटी आदि बाट ।
10 सूचना सम्मको पहुच सूचना पाटी, पत्र पत्रिका र गोष्ठी आदि बाट ।
11 सम्बन्धित ऐन नियम सिंचाइ नीति, जलश्रोत ऐन, सिंचाइ नियमावली र प्रचलित ऐन, नियमावलीहरु ।
12 उजुरी / गुनासो गर्ने प्रकृया लिखित निवेदन, उजुरी पेटिका, मौखिक उजुरी बाट ।
13 उजुरी / गुनासो सुनुवाई श्रोतले भ्याए सम्म प्राथमिकता निर्धारण गरि गुनासो सुनुवाई गर्ने र सुनुवाइको जानकारी दिइने ।
14 गुनासो समाधानको समय सीमा श्रोतले भ्याए सम्म प्रकृया पु¥याई यथासम्भव छिटो गरिने ।
15 सूचना अधिकारी सि.डि.ई.श्री रामकृष्ण घोरासैनी सम्पर्क नं. : ९७५१००८४४७
16 सम्पर्क राख्नु पर्ने व्यक्ति सि.डि.ई.हरु, इन्जिनियरहरु ।
17 उजुरी / गुनासो सुन्ने व्यक्ति आयोजना निर्देशक ।